काठमाडौंः दशैंका लागि राजधानी शहर काठमाडौंबाट आ–आफ्नो घर फर्किने क्रम अन्तर्गत शनिबार मात्रै ५४ हजार ८ सय ९ वटा सवारी साधन बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै, विभिन्न नाकाबाट १८ हजार ७ सय ५१ सवारी साधन काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।

शनिबार जगातीबाट सबैभन्दा बढी ४५ हजार १ सय ३७ सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ८ हजार ५ सय ८१, मुड्खु भञ्ज्याङ्बाट ३ सय १६, फर्पिङबाट ७ सय ७३ गरी जम्मा ५४ हजार ८ सय ९ सवारी बाहिरिएको महाशाखाले जनाएको छ ।

यसैगरी महाशाखाका अनुसार जगातीबाट १० हजार ८ सय ८३, नागढुंगाबाट ६ हजार ९ सय ८०, मुड्खु भञ्ज्याङ्बाट २ सय ७१, फर्पिङबाट ६ सय १७ गरी जम्मा १८ हजार ७ सय ५१ सवारी साधनहरु भित्रिएका छन् ।


महाशाखाका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट शनिबार ४ लाख ३२ हजार ७० जना सर्वसाधारणले टिकट बुकिङ गरेका छन् ।

 


प्रकाशित मितिः असोज १९, आइतवार, ०८:३८