भक्तपुर: भक्तपुरको जंगलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ ।

सुर्यबिनायक नगरपालिका वडा नं. ७ र ८ स्थित जंगलमा खाडादेवी–८ रामेछापका ६६ वर्षीय इमानसिंह तामाङको शव शनिबार दिउँसो सडेको अवस्थामा फेला परेको हो ।

जंगल घुम्न गएका चाररपाँचजना केटाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा केही दिन अगाडि नै मृत्यु भइसकेको हुनसक्ने महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी चक्रराज जोशीले नेपालतारालाई जानकारी दिए । सुर्यबिनायक बस्दै आएका छोरीज्वाईको घरमा कही समय अघि आएका तामाङ असोज ९ गतेदेखि हराइरहेका थिए ।

घटनास्थलमा विषादीको बोटल भेटिएकाले मृतकले विष सेवन गरेको हुन सक्ने डिएसपी जोशीले बताए ।


। साथै घटनास्थलमा बिग्रेको अवस्थामा मोबाइल समेत भेटिएको उनले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।


प्रकाशित मितिः असोज १८, शनिवार, १९:१६