काठमाडौँ: नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको निधन भएको छ ।

आचार्यको ६१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्तापतालमा उपचारको क्रममा निधन भएको हो । उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए।

नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज-२४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए।


प्रकाशित मितिः असोज १९, आइतवार, ११:५३