काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि कारबाही गर्न माग गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा देउवाले यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई संरक्षण गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ देउवाको आपत्ति छ । महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्ने उनले बताए ।

देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको समेत दावी गरे ।

 


प्रकाशित मितिः असोज १८, शनिवार, १४:१८