काठमाडौं: दोलखाको बैत्यश्वर गाउपालिका-४ खाँवा डाँडामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। उक्त दुर्घटनामा ३ जना घाइते समेत भएका छन् ।

दोलखाकै जिरी नगरपालिका-९ ठूलो पातलका २० वर्षीय सवारी चालक सुवास तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । धानको भुस बोकेको बा १३ च ६१९६ नम्बरको बोलेरो जिप आज बिहान पौंने ४ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ ।