जुम्ला: डाक्टर गोविन्द केसी आफ्ना समर्थकसहित जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडि नै धर्नामा बसेका छन्।  आफ्नो १५ औँ अनसनस्थलका रुपमा  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल रोजेका डाक्टर गोविन्द केसीलाई २ सय मिटर वर नै सुरक्षाकर्मीले रोक्न खोजेपछि प्रशासन अगाडि नै उनी धर्नामा बसेका हुन् ।

डाक्टर केसी प्रशासनले  तोकेको निषेधित क्षेत्र तोडेर धर्नामा बसेका हुन् । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै आफूलाई प्रतिष्ठानमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय परिसरमा अहिले केसीका समर्थकहरु हातमा प्लेकार्ड लिएर बसिरहेका छन् ।


। साथै सुरक्षाकर्मीले माइकिङ गर्दै धर्ना छाड्न आग्रह गरिरहेको छ ।