इन्डोनेसियाको मालुकु आइल्यान्डमा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । बिहीबार गएको भुकम्पमा हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् ।

स्थानीय समयनुसार बिहान करिब ८:४५ बजे भूकम्प आएलगत्तै मानिसहरु आत्तिएर घरबाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घरहरु निकै जोडसँग हल्लिएका थिए ।

अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको थियो ।

भिडियो स्रोत : BNPB Indonesia

 

 


प्रकाशित मितिः ९ बिहिवार, असोज, १३:३२