काठमाडौं: विश्वकप फुटबल अन्तर्गत आज समूह ‘जी ’ र ‘एच’ का अन्तिम खेल हुँदै छन् । अर्को चरणमा प्रवेश गर्ने १६ टिमको सूची आज तय हुनेछ । साँझको ७:४५ मा आज समूह ‘एच’ अन्तर्गतको अन्तिम खेल हुँदै छन् भने रातिको ११:४५ मा समूह ‘जी’ अन्तर्गतका खेल हुनेछन् ।

समूह ‘एच’ मा आज जापानविरुद्ध पोल्याण्ड र सेनेगलविरुद्ध कोलम्बिया अन्तिम १६ को प्रवेश गर्नका  लागि भिड्नेछन्। यस समूहमा पोल्यान्ड बाहिरी सकेको छ भने पहिलो र दोश्रो स्थानका लागि अन्य ३ राष्ट्र भिड्नेछन् । उक्त समूहको बिजेताले अर्को चरणमा समूह ‘जी’ को दोश्रो स्थानमा रहेको राष्ट्रसँग क्वाटर फाइनल प्रवेशका लागि भिड्नेछन् भने समूहको दोश्रो राष्ट्रले समूह ‘जी’को बिजेता राष्ट्र सँग प्रतिस्पर्धा गर्नेछ ।


यस्तै गरी समूह ‘जी’ अन्तर्गत आज  इंग्ल्याण्ड र बेल्जियम र पानामा र ट्युनिसिया बीच खेल हुनेछ । उक्त समूहमा  इंग्ल्याण्ड र बेल्जियम अन्तिम १६ मा पुगिसकेका छन् भने पानामा र ट्युनिसिया विश्वकपबाट बाहिरिसकेका छन्। इंग्ल्याण्ड र बेल्जियम बीच समूहको पहिलो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।