काठमाडौं: विश्वकप फुटबल अन्तर्गत आज देखि अन्तिम १६ को खेल हुँदैछ । समूह चरणबाट अन्तिम १६ मा प्रवेश गरेका राष्ट्रहरुले  आज देखि नकआउट खेल  खेल्नेछन् ।

समूह चरणमा अंक प्रणाली अनुसार खेल भए पनि अन्तिम १६ देखि नक आउट प्रणाली अनुसार खेल हुनेछन् । निश्चित ९० मिनेट समयमा खेल निर्णायक नहुँदा खेल थप समयमा जानेछ र उक्त थप समयमा समेत खेल निर्णायक नभए पेनाल्टीबाट बिजेता छनोट हुनेछ । यसै क्रममा विश्वकप फुटबलमा पहिलो पटक ४ खेलाडी परिवारत्न हुन सक्नेछन् । फिफाले ल्याएको नयाँ नियम अनुसार निश्चित ९० मिनेटमा खेल निर्णायक नभए थप समयमा दुवै राष्ट्रहरुले थप एक खेलाडी परिवारत्न गर्न पाउने छन् ।


। यस अघिको विश्वकपमा भने पुरै खेलमा ३ खेलाडी मात्र परिवर्तन गर्न पाउने नियम थियो ।