समाज

निर्मला हत्या प्रकरणः १०५ दिनमा धर्ना तोड्दै अभिभावक

कञ्चनपुरः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा...


नेपाली विद्यार्थी तत्काल घर फर्किनुपर्दैनः अस्ट्रेलियाली दूतावास

काठमाडौंः अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी)मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, संस्था बन्द गर्नुअघि एआइबिटीले ती विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने वा...


दुई जनाले मात्र बोल्ने भाषा लाेप हुने अवस्थामा

दाङ: 'वनराजा’ र ‘वनकरिया’ जस्ता नामले चिनिने कुसुण्डा समुदायको भाषा लोप हुने खतरामा पुगेको छ । भाषा लोप हुन अवस्थामा पुगेपछि कुसुण्डा समुदाय चिन्तित भएका छन् । समुदायमा पूर्ण रुपमा कुसुण्डा भाषा जानेका दुई महिला मात्र रहेकी छन् । बयासी वर्षीय ज्ञानीमैयाँ कुसुण्डा र ४२ वर्षीय...


भट्टीमा प्रहरीको छापा, १७ हजार लिटर मदिरा बरामद गरी नष्ट

काठमाडौंः काठमाडौं महानगरपालिका-६ स्थित नागेश्वर गल्लीबाट अवैध मदिरा बनाउने कारखानामा छापा मारी करिब १७ हजार लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ । बिहीबार बिहान विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले सोही ठाउँस्थित जस्ताका टहराहरुमा छापा मार्दा घरेलु मदिरा बनाउन प्रयोग...


प्रहरीलाई रु. १०० घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट प्रहरीलाई घुस दिन खोज्ने एक ट्रक चालक पक्राउ परेका छन् । प्रहरीलाई जाँच गर्ने क्रममा नगद १ सय रूपैयाँ दिन खोज्ने पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको...


मोटरसाइकल चोरी गरेको अभियोगमा दुई पक्राउ

काठमाडौंः काठमाडौंको गौशालाबाट मोटरसाइकल चोरी गरेको अभियोगमा बुधबार राति प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका २२ वर्षीय सुरेश अधिकारी र मोरङ घर भएका २४ वर्षीय निश्चल रेग्मी रहेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–९ विजय चोक बस्ने ताप्लेजुङका नरबहादुर...


ताजा समाचार