काठमाडौँ: वीरगञ्ज महानगरपालिका-१० आदर्शनगर पानी ट्याङ्कीस्थित ओम साइ ड्रिंकिंग वाटर उधोगमा शनिबार विहान आगलागी भएको छ । आगलागीबाट करिब ४ करोड मुल्य बराबारको क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेपनि आगोको कारण सर्ट सर्किट हुन सक्ने अनुमान प्रहरीले गरेको छ । विधुत सर्ट भएर उधोगमा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाउछ ।

वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहयोगमा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।

 

 

 

 

 

भिडियो :सन्तोष रन्जितकारको फेसबुकबाट

वीरगन्जस्थित ओम साइ ड्रीकिङ उधोगमा भएको आगलागी नियन्त्रणमा ४ करोड बराबारको क्षतीबीरगन्ज २५ असोज ।


। वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ (पानी) उधोगमा भिषण आगलागी भएको छ ।वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो ।बिहान ८ बजेदेखि लागेको आगो ३ घण्टा पछि वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।आगलागीबाट उधोग पुर्णरुपमा जलेको छ उधोगमा ४ करोड बराबारको क्षती भएको उधोगका संचालक प्रेम झाँले बताएका छन ।

Posted by Santosh Ranjitkar on Saturday, October 12, 2019


प्रकाशित मितिः असोज २५, शनिवार, १४:२६