काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा ट्राफिक प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवन उद्घाटन भएको छ । सो कार्यक्रममा बोल्दै खनालले सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।

खनालले सरकारले दिएको जिम्मेवारी अनुसार शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका हुन् । भवन उद्घाटन गरेपछि सम्बोधन गर्दै आईजीपी खनालले भवनको सुन्दरतासँगै सेवा प्रवाह पनि सुन्दर हुनुपर्ने बताएका थिए।

खनालले सेवा प्रवाहको विषयमा प्रहरी अधिकृत संवेदनशीलत भएर अघि बढ्नुपर्ने पनि बताए । ‘यो अफिसमा जान साथ मेरा समस्याहरु सुल्झिन्छन् भन्ने सर्वसाधारणले सोच्ने वातावारण हुनुपर्छ’, उनले भने ।


महानिरीक्षक खनालले नागरिक र प्रहरीको सहकार्यबाट अपराध नियन्त्रण गर्न सकिने भन्दै पछिल्लो समय नागरिक र प्रहरीबीचको सम्बन्ध बलियो बन्दै गएको उल्लेख गरे ।

 


प्रकाशित मितिः असोज १४, मंगलवार, १४:१९