काठमाडौँ: अमेरिकी राजदूत र्‍याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीति कुनै पनि सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत बेरीले शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग भेटेर आफ्नो मुलुकले अघि सारेको इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत बताए ।

राजदुत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताएको वरिष्ठ नेता खनालले बताए ।



प्रकाशित मितिः असोज १७, शुक्रवार, १४:५७