काठमाडौँ: नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले पनि आफ्नै सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका संघीय संसदका सभामुख कृष्ण बहादुर महरालाई पदबाट राजिनामा दिएर छानविनमा सहयोग गर्न आग्रह गरेका छन् ।

आइतबार राति सभामुख महराले संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीको डेरामै गएर यौन दुर्व्यवहार गरेको आरोप उनमा लागेको छ ।


। महराले भने आरोपको खण्डन गरेका छन् ।


प्रकाशित मितिः असोज १४, मंगलवार, १३:०४