काठमाडौँ: विष्फोटको घटनामा संलग्न भएको आरोपमा कुमार खतिवडा पक्राउ परेका छन् । खतिवडा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ ।

खतिवडा विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट पक्राउ परेका हुन् ।


प्रकाशित मितिः असोज १७, शुक्रवार, १४:२८