काठमाडौँ: कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ। यौन दुर्व्यहारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको हो ।

सचिवालयका सचिव डाक्टर भरतराज गौतमले उपसभामुखको आदेशानुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम(२) बमोजिम सूचना प्रकाशित गरेको बताएका छन्।

कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र पनि बुझाएका थिए ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा बुझाएका थिए।