काठमाडौँ: प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि उनले राजीनामा दिएका हुन् ।

महरामाथि बलात्कार आरोप लागेपछि उक्त विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको थियो। सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाइएको हो ।

आइतबार राति सभामुख महराले संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीको डेरामै गएर यौन दुर्व्यवहार गरेको ती कर्मचारीले आरोप लगाएकी छिन् ।

यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए ।



प्रकाशित मितिः असोज १४, मंगलवार, १३:२५