काठमाडौँ: निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीलाई निवेदन दिएकी छन् ।
उनले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् ।

यससँगै महरामाथि प्रहरी छानविन रोकिने संकेत देखिएको छ । आइतबार राति सभामुख महराले संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीको डेरामै गएर यौन दुर्व्यवहार गरेको ती कर्मचारीले आरोप लगाएकी थिइन् ।

पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।


यस प्रसंगसँगै यस घटनाले नयाँ मोड लिएको छ ।