काठमाडौं :  माइतीघरमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले माइतीघरघरलाई निषेधित क्षेत्र घोषणा गरेको हुँदा त्यहाँ प्रदर्शन गर्ने हरुलाई पक्राउ गरेको हो ।

सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको विरुद्धमा युवाहरु आन्दोलित भएका थिए । युवाहरुले माइतीघरमा प्रदर्शन गर्न पाउनुपर्ने भन्दै जुलुस गरेका थिए । निषेधित क्षेत्र फिर्ता गर्न माग गर्ने युवाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेका छन् ।

निषेधित क्षेत्र घोषणाको विरोध गर्दा विवेकशिल साझाका नेता उज्वल थापा, पार्टीका केन्द्रीय सदस्य शशिबिक्रम कार्की र अन्य दर्जनौं युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।


। विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले भने ” सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु  र  बिना कारण शान्तिपुर्णरुपमा विरोध गर्न पाउने अधिकार कुण्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो।”