काठमाडौँ: जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएका १६ थान मोबाईल फेला पारी सम्बन्धित मोबाईल धनीलाई बुझाएको छ ।

बिशेष प्रबिधिको प्रयोग गरी प्रहरीले हराएको भनी दिएका निवेदनको आधारमा खोजतलास तथा अनुसन्धान गरी १६ वटा बिभिन्न कम्पनिको मोवाईलहरु फेला पारी सम्बन्धित मोवाईल धनिलाई बिहिबार बुझाईएको छ ।

मोवाईलहरु रु. १२,००० देखी ५५,००० पर्ने विभिन्न कम्पनिका थिए । ३,२०,००० (तिन लाख २० हजार) सम्मको मोबाइलहरु फेला पारी सम्बन्धित मोवाईल धनीलाई बिहिबार बुझाईएको हो ।

 


प्रकाशित मितिः असोज १६, बिहिवार, १४:१५