मुम्बर्इ: भारतकाे मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र बाटोमा हिँडिरहेका एक जना छन्।

जहाज खसेपछि बाटोमा हिँडिरहेका व्यक्तिको ज्यान गएको बताइएको छ। जहाजमा एकजना विमान चालक र तीनजना यात्रु परेका थिए। भारतको आर्थिक राजधानी मानिने र घना वस्ती रहेको मुम्बई शहरमा जहाज खसेपछि ठूलो आतङ्क मच्चिएको बताइएको छ।

जहाज उत्तर प्रदेशको राज्य सरकारको रहेको पाइएको छ। जहाज दुर्घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ।