काठमाडौं: नाडेप लघुवित्त वित्तीय संस्थाको आईपीओमा बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङग लिमिटेडले दिएको जानकारी अनुसार बुधवार बिहान ९ः३० मा गोलाप्रथाबाट आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २३ गुणा बढी आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

नाडेपले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका ४ लाख ३२ हजार कित्ता आईपीओ विक्री गरेको हो । विक्री प्रबन्धकका अनुसार यस आईपीओमा २ लाख २१ हजार आवेदकबाट १ करोड १ लाख कित्ता शेयर खरीदका लागि आवेदन परेको छ । कम्पनीले ४ लाख ८० हजार कित्ता मध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २४ हजार सामुहिक लगानी कोषको लागि सुरक्षित राखी ४ लाख ३२ हजार कित्ता सर्वसाधारणको लागि जारी गरेको हो ।


। यस आइपिओमा ४३,२०० सर्वसाधारणले १० कित्ता शेयर पाउने छन् भने  झन्डै एक लाख ७८ हजार जनाको हात खाली हुने देखिएको छ ।