काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

१० हजार घुस रकमसहित कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।


प्रकाशित मितिः असोज १५, बुधवार, १५:१७