काठमाडौँ: ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यस सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको हो ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए पनि उनको आक्रामक रवैया आज देखिएन । उनले ४१ बलको खपत गर्दै एक छक्का र एक चौका हिर्काएका थिए ।

अन्य ब्याट्सम्यानहरुले पनि क्रिजमा निकै संघर्ष गरेका थिए ।


। विनोद भण्डारीले भने २२ बलमा २६ रन बनाएका थिए ।

जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । नेपाल सिरिजको दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।


प्रकाशित मितिः असोज २०, सोमवार, १५:३३