काठमाडौँ: पाँच देशीय टी–ट्वान्टी सिरिजमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसंग पराजित भएको छ ।

बुधबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो । पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो ।


प्रकाशित मितिः असोज २२, बुधवार, १६:४७