काठमाडौं: लामो समय देखि निरन्तर ओरालो लागेको नेप्से आज ३६ दसमलव ०१ अंकले वृद्धि भएको छ । कारोबार शुरु भएदेखि बढेको बजार १२०९.९९ मा पुगेर केहि समय ओरालो लागेको थियो । ११९६.४१ अंक सम्म झरेको नेप्से पुनः उकालो लाग्दै नेप्से १२२४.४१ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से बजार आज ३.०३ प्रतिशतले वृद्धि भएको हो । नेप्सेमा आज व्यापार र उत्पादक समूह बाहेक अन्य सबै समूह वृद्धि भएको छ । आज भएको कारोबारमा बिमा समूह सबै भन्दा धेरै बढेको हो । बिमा समुह आज ३२२ दसमलव ४३ अंकले वृद्धि भएको छ ।

बैंकिंग समूह आज २६ दशमलव ७७ अंकले वृद्धि भएको छ । बैंकिंग क्षेत्रमा आज १४७४ कारोबार बाट ९ करोड २७ लाख ९४ हजार ९६५ बराबरको कारोबार भएको छ ।


। यस्तै विकास बैंक समूह ३७ दसमलव २८ अंक, जलविद्युत समूह ५२ दसमलव ०२ अंक वित्त समूह ८ दसमलव ७८ अंक, लघुवित्त समूह ८५ दसमलव ९ अंक र अन्य समूह ८ दसमलव ४८ अंकले वृद्धि भएको छ ।