काठमाडौँ: ओमानमा जारी पेन्टाङ्गुलर सिरिज अन्तरगत आयरल्यान्डविरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो । आयरल्याण्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए । एन्ड्री बलबीनीले ३८ रन बनाए ।

नेपालले अघिल्लो खेलमा जम्न नसकेका ओपनर पवन सरार्फ र रोहितकुमार पौडेललाई टिम बाहिर राखेको छ । पवनको स्थानमा ईशान र रोहितको स्थानमा सन्दीपलाई मौका दिईएको हो ।

नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो । नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।



प्रकाशित मितिः असोज २२, बुधवार, १३:१३