काठमाडौँ: नेपालले टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणको आफ्नो अन्तिम खेलमा पानी रोकिने कुनै छाँटकाठ नदेखिएपछि सिंगापुरसँग अंक बाँडेको छ ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ ५ बजेर १५ मिनेटमा सुरु हुने भनिएपनि सुरु हुनु भन्दा अघि नै मुसलधारे पानी परेको थियो । पानी रोकिने कुनै छाँटकाठ नदेखिएपछि दुबै टिमले १-१ अंक बाँडेका हुन् ।

सिंगापुरले अब जिम्बाब्वेसाग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मितिः असोज १५, बुधवार, १८:३७