काठमाडौंः नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ४ बजेदेखि बसेको बैठक सम्पन्न भएको हो ।

बैठक मूलतः दुई विषयमा केन्द्रित रहेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले नेपाल तारालाई जानकारी दिए । उनका अनुसार, संसदमा पार्टीको प्रस्तुतीलाई अझ प्रभावकारी ढंगले लैजाने विषय र पार्टीको आन्तरिक जिवनलाई सुब्यवस्थित गर्दै अगाडि लैजाने विषयमा छलफल भएको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. महत, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र डा. रामशरण महत, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।