काठमाडौं: अन्तराष्ट्रिय एकदिवशीय मान्यता पाए पछि हुने पहिलो खेलका लागि नेपालले २० सदस्यीय प्रारम्भीक  टिमको घोषणा गरेको छ । आगामी जुलाई २९ मा लर्ड्स मैदानमा एमसिसी र  नेदरल्यान्ड विरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको हो ।

बेलायतमा हुने एमसीसी र नेदरल्याण्ड्स विरुद्धको खेल तथा नेदरल्याण्ड्समा हुने घरेलु टिम विरुद्धको एकदिवशीय खेलका लागि २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो। टी-२० सिरज पछि नेपाली टिम दुई एकदिवशीय खेलका लागि नेदरल्याण्ड्स जानेछ ।

नेदरल्याण्ड्समा नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा खेल खेल्नेछ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आर्इसीसी प्रतिनिधि अनिमुल इस्लामले दुईवटा अन्तर्राष्ट्रिय श्रृखंलाका लागि खेलाडीको छनोट गरेका हन्।


।  नेपाली टोलीमा विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरीले प्रारम्भीक टिममा पुनरागमन गरेका हुन् । त्यस्तै हरी क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन् । यस्ताे छ नेपाली  टीम

  • पारस खड्का (कप्तान)
  • अनिल शाह
  • बसन्त रेग्मी
  • विनोद भण्डारी
  • दिपेन्द्रसिंह ऐरी
  • ज्ञानेन्द्र मल्ल
  • हरि क्षेत्री
  • करण केसी
  • ललित भण्डारी
  • ललित नारायण राजवंशी
  • आरिफ शेख
  • प्रदीप ऐरी
  • रोहितकुमार पौडेल
  • सन्दिप लामिछाने
  • शक्तिप्रसाद गौचन
  • शरद भेषवाकर
  • सोमपाल कामी
  • सुवास खकुरेल
  • सुनिल धमला
  • सुशान भारी