काठमाडौं: उपत्यकामा ट्राफिक समस्या कुनै नौलो विषय होइन । बढ्दै गएको सवारी चाप र सिमित पूर्वाधारका कारण उपत्यकामा दिनहुँजसो सर्वसाधारणले ट्राफिक समस्या झेल्नु परेको छ । उक्त सवारी जामलाई कम गर्ने विकल्प स्वरुप सडक विभाग अन्तर्गतको पुल महाशाखाले काठमाडौंका व्यस्त दूई स्थानमा अन्डरपास निर्माण गर्ने योजना बनाएको छ । महाशाखाले पहिलो चरणमा काठमाडौंको नयाँ बानेश्वर र महाराजगञ्जमा अन्डरपास बनाउन लागेको हो ।

अन्डरपास बनाउनका लागि पहिलो चरणमा उपत्यकाको उच्च सवारी चाप हुने नयाँ बानेश्वर र महाराजगञ्ज छनोट भएको महशाखाले नेपाल ताराका सम्वाददातालाई जानकारी दिए।


। नयाँ बानेश्वरको अन्डरपास साढे १ किलोमिटर र महाराजगञ्जको आधा किलोमिटर सडकमा अन्डरपास बन्ने छ । महाशाखाले बानेश्वर र महाराजगञ्जमा बढ्दै गएको सवारी जामलाई न्युनिकरण गर्ने विकल्प स्वरुप अन्डरपास बनाउन खोजेको हो । अन्डरपास बनाउन स्वदेशी र विदेशीसहित ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका छन् । यी कम्पनीहरुको प्रस्ताव महासाखाले ६ जनाको टिम बनाएर  मूल्याङकन गरिरहेको उनले बताए। चालु आर्थिक वर्षभित्रमा कम्पनी छनोट गरेर आगामी आर्थिक वर्षमा टेण्डरको प्रक्रियामा जाने महासाखाको योजना रहेको छ । आगामी आर्थिक वर्ष भित्र डिपिआर तयार गर्ने गरी महाशाखाले कामलाई तिब्रता दिएको छ ।

महाशाखाले २०७४ पुसमा नयाँ बानेश्वर र महाराजगञ्जमा अन्डरपास बनाउन इच्छुक कम्पनीको बारेमा जानकारी लिनका लागि एक्प्रेसन अफ इन्ट्रेस्स (इओआइ) आव्हान गरेको थियो । अन्डरपासको डिजाइन बनाउनका लागि १३ वटा कम्पनीले इच्छा जाहेर गरेका थिए । त्यसमध्ये महाशाखाले ६ वटा कम्पनीलाई अन्डरपासको डिजाइन बनाउन छनोट गरेको थियो ।

अन्डरपासको डिजाइन बनाउनका लागि चीनको कम्पनी विल्डिङ डिजाइन अथोरिटी, जेभी बेजिङ चिन हाइवे इन्जिनियरिङ एण्ड कन्सल्टिङ एण्ड बीएन कन्सल्टेन्सी, सिभिल इफमेटिक्स एण्ड सलुसनसहित ६ वटा कम्पनीबाट प्रस्ताव आएको झाले जनाएका छन् । यस्तै स्वदेशी कम्पनीमा जीइओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्स, जीओसी–जीआइडीए–एपेक्स जेभी, आइटीइसीओ नेपाल जेभी कार्ड कन्सल्ट एण्ड होमल्याण्ड इन्जिनियरिङ कन्सल्टेन्सी, टीएसइ जेभी जिओकम इन्टरनेस्नल एण्ड सिभिल इन्जिनियरिङ रिसर्ज एण्ड कन्सल्टेन्सी छन् ।

नयाँ बानेश्वर स्थित निर्माण हुने अन्डरपास

No automatic alt text available.

साढे १ किलोमिटर लामो बन्ने नयाँ बानेश्वरको अन्डरपास बिजुली बजारको धोवीखोला पुलदेखि बागमती पुलसम्म बनाइने छ । बागमती पुलदेखि बिजुली बजारतर्फ जाने गाडी अन्डरपासहुँदै जानेछन् । शंखमूल वा पूरानोबानेश्वर तर्फ जाने सवारी साधनहरु अन्डरपास माथि गड्ने छन् । यसरी गाडी गुडाउँदा बानेश्वर चोकमा हालको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको दाबी छ । शंखमुल चोकबाट पुरानो बानेश्वर जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिने छ ।

उक्त अन्डरपासमा एक्जिट वे भने हुने छैन । जसले गर्दा एकपटक अन्डरपासभित्र गाडी छिरेपछि अन्डरपासको अन्तिम बिन्दुमा पुगेरमात्र बाहिर निस्किन सक्छन् ।

 

महाराजगञ्ज स्थित निर्माण हुने अन्डरपास

No automatic alt text available.

बसुन्धारा चोकदेखि धुम्बाराई चोकसम्म निर्माण हुने अन्डरपास आधा किलोमिटर लामो हुनेछ । यस अन्डरपासमा धुम्बराही चोकबाट बसुन्धारा चोक जाने गाडी गुड्ने छन् । महाराजगञ्ज वा बूढानीलकण्ठ तर्फ जाने गाडी भने अन्डरपास माथि गुड्ने छन् । यस्तै महाराजगञ्ज चोकबाट बुढानिकण्डतर्फ जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिने छ । ती सवारी साधनहरु अन्डरपास माथि निर्माण हुने आकाशे पुल भएर गुड्ने छन् । यस अन्डरपासमा समेत एक्जिट वे हुने छैन ।