ओखढुंगा: ओखलढुंगामा एक बृद्ध सात बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० बर्षीय भक्तबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे ।

बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जवरजस्ती गर्दै गरेको आफुले भेटेपछि तुरुन्त प्रहरीलाई खबर गरेको पारिवारिक श्रोतले जनाएको छ । श्रेष्ठ हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।