काठमाडौँ: मकवानपुर राक्सिराङ वडा नं १ मा लुकाई छिपाई राखेको १२२ किलो लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ वडा नं १ बस्ने ३३ वर्षीय प्रकाश मोक्तान रहेका छन् ।

गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले चेकजाचँको क्रममा प्रकाश मोक्तानको घरबाट ६ वटा सेतो रङको बोरामा लुकाई छिपाई राखेको १२२ किलो १०० ग्राम गाँजा फेला पारेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः कार्तिक ३, आइतवार, १५:२०