काठमाडौँ: भक्तपुरबाट आफ्नै भाईलाई भर्‍याङबाट धकेलेर हत्या गरेको आरोपमा एक व्यक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका–२ घर भएका खिला अछामी रहेका छन् । उनी शुक्रबार राति पक्राउ परेका हुन् ।

खिलाले भर्‍याङबाट धकेल्दा लडेर ४० वर्षीय नेत्र बहादुर अछामी गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मितिः असोज १८, शनिवार, १६:५४