काठमाडौं: ५ लाख रुपैयाँ घुससहित ओभरसियर पक्राउ परेका छन् ।

काठमाडौंको टोखाबाट मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी रहेका छन् ।

चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण-पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।


प्रकाशित मितिः असोज १५, बुधवार, १९:०८