काठमाडौं: बालकुमारी र कपनबाट प्रतिबन्धित जडिबुटीसहित दुई जनालाई ललितपुर महानगर प्रहरी परिसरले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई पाँचऔंले र यार्सागुम्बासहित पक्राउ गरेको हो ।

जुम्लाको सिंजा–६ घर भइ हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका १८ वर्षीय दिलबहादुर बुढा र धादिङको निलकण्ठ–१ घर भइ काठमाडौंको कपन बस्दै आएका ५१ वर्षीय पूर्णकुमार श्रेष्ठ पक्राउमा परेको जनाइएको छ ।

बुढाको साथबाट दुई केजी पाँचऔंले र श्रेष्ठको साथबाट ५ सय ग्राम यार्सागुम्बा बरामद भएको परिसरका एसपी शेखर खनालले जानकारी दिए ।