काठमाडौँ: सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।

पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । यद्यपि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीले भने राजीनामा कार्यालयमा दर्ता भइनसकेको बताएका छन् ।

जनज्योति एजुकेसन फाउन्डेसनको सेयर वापतको करिब १६ करोड रकम ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालतमा केही समय अघि मुद्दा दायर भएको थियो । त्यससता उनी फरार थिए ।

रावल जनज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष समेत हुन् ।



प्रकाशित मितिः कार्तिक २४, आइतवार, १४:५०