इराकमा भएको सरकारविरोधी प्रदर्शनमा कम्तीमा २७ जना मारिएका छन् । प्रदर्शन ६०० भन्दा बढी घाइते भएको प्रहरी तथा स्वास्थ्य स्रोतले जनाएको छ ।

विरोधकर्ताहरूले सरकारी भवन र वाहनहरूमा आगजनी गरेपछि प्रहरीले कडा दमन गरेको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री अदेल अब्दुल माहदी नेतृत्वको सरकारको विरोध गर्दै भंग गर्न आह्वान गरेका छन् ।

मंगलवार दर्जनौं विरोधकर्ता र कम्तीमा दुई प्रहरी अधिकारीहरू मारिएका छन् । राजधानी बग्दाद तथा कैयौं शहरहरूमा विरोधकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो ।

बग्दादको ग्रीन जोन अर्थात् सरकारी भवन र विदेशी दूतावासहरूमा रातभरि विस्फोटको आवाज आइरहेको थियो ।


। राजधानीका सडकहरूमा विरोधकर्ताहरूले सडकमा टायर बालेर अवरोध तेर्स्याएका थिए अनि सरकारी वाहनमा आगजनी गरेका थिए ।

 


प्रकाशित मितिः असोज १७, शुक्रवार, १५:३२