काठमाडौं: ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यस आयोजनाको निर्माण कार्य सुरु गरेको हो ।

मौवाफाँटदेखि झीँ र दग्नामको सिमाना बुक्लमा रहने बाँधस्थल जोड्ने सडकको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्दै आयोजनाको निर्माण कार्य सुरु गरेका हुन् । ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एशोसिएट्सले पूर्वाधार निर्माणको काम शुरु गरेको कम्पनीले जनाएको छ ।

आगामी चार महिनाभित्र पाँच किलोमिटर सडक निर्माण गरेर बाँधस्थलसम्म पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।


। २०७४ साल मंसिर ७ गते ठेकेदार कम्पनीसँग भएको सम्झौतालाई ऋण लगानीकर्ता भारतीय एक्जिम बैङ्कले २०७५ साल जेठ ९ गते स्वीकृत गरेपछि कम्पनीले जेठ १० गते नै काम शुरु गर्न पत्राचार गरेको थियो ।

लगत्तै कार्यक्षेत्रमा परिचालन भएर नक्साङ्कन शुरु गरेको ठेकेदारले पूर्वाधार निर्माण शुरु गरेपछि लामो समयदेखि प्रतीक्षा गरिएको रघुगंगा हाइड्रोले गति लिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । ‘रघुंगगा हाइड्रोको कामले गति लिएकामा उत्साहित भएका छौँ,’ अध्यक्ष भण्डारीले भने, ‘अब अन्य आयोजनालाई पनि काम छिटो शुरु गर्न दबाब पुग्नेछ ।’

सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा इलेक्ट्रिमेकानिक ठेक्काको प्रक्रियासमेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताए । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् ।

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभिआरसिएलसँग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाई निर्माण शुरु हुन लागेको हो । कार्यतालिका र सम्झौताअनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो ।आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आ