काठमाडौँ: बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरा निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसदकी कर्मचारी रोशनी शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्। उनलाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो। सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको बयान लिएको हो।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको भनेको दिन आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बताएका छन्।

महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी शाहीले यो बीचमा पटक पटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन्।


। यद्यपी प्रारम्भमा महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान सुरु गरेको यो घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान र आरोप लागेका महराको बयान भइरहेको छ। बिहीबार प्रारम्भिक बयानपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै महरालाई काठमाडौं थापाथलीस्थिति नर्भिक अस्पताल भर्ना गरिएको छ।

 

 


प्रकाशित मितिः असोज २४, शुक्रवार, १६:०३