काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ ।

सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ ।परराष्ट्र मन्त्रालयले निम्तो कार्डसँगै अतिथिहरुले पालना गर्नुपर्ने नियम बुँदागत रुपमा लेखेर पठाएको छ ।


प्रकाशित मितिः असोज २५, शनिवार, १४:४९