काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरी चर्चामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने हाल क्यानडाको क्रिकेट लिग ‘ग्लोबल टी-ट्वीन्टी क्यानडा’ मा खेलिहेको छन्। सन्दीपले पहिलो खेलमा फितलो प्रदर्शन गरे पनि त्यस पछिको खेलमा उनले उत्क्रिष्ट प्रदर्शन् गरेका छन् ।

छवटा टिमले प्रतिस्पर्धा गरिरहेको उक्त प्रतियोगितामा सन्दीप श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्ट्रेल टाइगर्सबाट खेलिरहेका छन्। उक्त लिगमा उनको टिमले हालसम्म चार खेल खेल्दै ३मा हार व्यहोरेको छ भने मात्र १ खेलमा जीत हात पारेको छ ।

प्राविधिक कारणले समयमा क्यानडा पुग्न नसकेका सन्दीपले विपिङ हक्सविरुद्धको पहिलो खेल छुटाएका थिए ।


।  ३० जुनमा ‘वेस्टइन्डिज बी’ टिमविरुद्ध उनको टोली खेल्दा सन्दीपले खेल्ने मौका पाए। त्यस खेलमा उनले एक विकेट लिए पनि ४ ओभर बलिङ गर्दा ५७ रन दिएर खराब प्रदर्शन गरेका थिए।

त्यसपछिका दुई खेलमा भने सन्दीपले उकृष्ट प्रदर्शन गर्न सफल भएका छन्। क्रिस गेलको कप्तानीमा रहेको भ्यानकुभर नाइट्सविरुद्ध २ जुलाईमा भएको खेलमा सन्दीपले सान्दार बलिङ गर्दै  ४ ओभरमा एक मेडनसहित १९ रन दिएर १ विकेट लिन सफल भए। त्यस खेलमा मोन्ट्रेल टाइगर्सका लागि सन्दीप सबैभन्दा किफायती बलरसमेत बन्न पुगे। व्याटिङमा समेत मौका पाएका सन्दीपले ३ बलमा एक छक्का प्रहार गर्दै  ७ रन बनाएका थिए।

यस्तै ४ जुलाई बुधबार पाकिस्तानी क्रिकेटर साहइब तानबीरको कप्तानीमा रहेको एडमोन्टोन रोयल्सविरुद्धको खेलमा समेत सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभरमा १ विकेट लिएर १६ रन मात्रै खर्चेका सन्दीपले एक ओभर मेडन गर्न सफल भए। तीन खेलमा लगातार हार व्यहोरेको सन्दीपको टोलीले पछिल्लो खेलमा भने १६ रनको जित निकाल्न सफल भएको थियो ।

मोन्ट्रेल टाइगर्सबाट सन्दीप बाहेक अन्य बलरले मेडन ओभर फ्याक्न सकेको छैनन्।सन्दीपले दुई खेलमा लगातार एक-एक ओभर मेडन गर्न सफल भएका हुन्।