काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरा प्रकरणमा प्रहरीलाई दबाव र प्रभावमा नपरी काम गर्न सुझाएका छन् । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका थिए ।

नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने रु महिलालाई दुर्व्यवहार गर्ने रु ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने रु यो हुनै सक्दैन ।


।’

उनले महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने बताए ।

एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए ।


प्रकाशित मितिः असोज १५, बुधवार, १४:०२