बीरगन्ज: बीरगन्जमा प्रहरीले सून तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले एक केजी सुनसहित एक जनालाइ पक्राउ गरेको हो ।

वीरगन्जको शंकराचार्य गेट अगाडिबाट प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षिय सन्तोष कुमार साहलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायव निरिक्षक त्रिभुवन साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट रक्सौल जाँदै गरेको अवस्थामा एक किलो सून सहित साहलाई पक्राउ गरेको हो । ना ४८ प ३७७४ नम्बरको मोटरसाइलकको  सिटमुनि लुकाएर राखिएको ६ वटा टुक्रनमा रहेको अन्दाजी एक केजी सुन भारत तर्फ लगिंदै थियो ।


प्रहरीले साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।