काठमाडौ: चिनियाँ राष्ट्रपति शी चिनफिङलाई स्वागत गर्न राजधानीको बबरमहलमा बनाइएको स्वागत गेट ढलेको छ ।

शुक्रवार दिउँसो उक्त गेट ढलेको हो । हावाको कारण स्वागत गेट ढलेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

यसअघि चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकोथियो ।


प्रकाशित मितिः असोज २४, शुक्रवार, १५:०६