दमक : झापाको गौरादहमा टिपरको ठक्‍करबाट दुईजनाको मृत्यु भएको छ। टिपरको ठक्‍करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। पाडाजुङ्गी-गौरीगञ्ज सडकखण्डमा सोमबार दिउँसो साढे तीन बजे पाडाजुङ्गीतर्फ आउँदै गरेको मे ४ प १४७४ नम्बरको मोटरसाइकललाई ना ३ ख ८४७४ नम्बरको टिपरले ठक्‍कर दिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम खुल्न सकेको छैन। चालकसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।