आज २०७६ साल असोज २२ गते बुधबार, आश्विन शुक्ल दुर्गा पक्ष एकादशी तिथि, पापांकुशा एकादशी व्रतरविश्व हुलाक दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यापारमा लाभ मिल्नेछ । नेतृत्व क्षमता बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रेममा सफलता प्राप्त हुनेछ । मनमा चञ्चलता बढ्नेछ । अध्ययन अध्यापन सामान्य रहनेछ । सामाजिक दायित्व बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शारीरिक आलस्यता बढ्नेछ । आयआर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यवसायमा आंशिक सुधार हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक कार्यमा मन जानेछ । आय आर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । राजनीतिक कार्यमा अवरोध देखापर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक काममा रुची बढ्नेछ । शारीरिक परि श्रम बढ्नेछ । धन प्राप्ति हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । आमाबुवाको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार ब्यबसायमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । यात्रा शुभ रहनेछ । जग्गा जमिनको काममा फाइदा मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । सामाजिक कार्यको सुरुवात हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अध्ययनअध्यापन सफल हुनेछ । व्यवसायमा सुधार आउनेछ । जग्गा जमिनको कारोबारबाट नोक्सानी बेहोर्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । व्यापारमा सुधार आउनेछ । आय आर्जन प्रभावित रहनेछन् । राजनीतिक मनमुटाव बढ्नेछ ।

साभारः हाम्रो पात्रोबाट


प्रकाशित मितिः असोज २२, बुधवार, ०६:५६