आज – २३ आश्विन २०७६ बिहिवार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कार्यको योजना बन्नेछ ।


। नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० कला,साहित्य तथा संगीतमा रुचि बढनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भयछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज रमाईलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ ।

स्रोत: हाम्रो पात्रो


प्रकाशित मितिः असोज २३, बिहिवार, ०७:३४