काठमाडौँ: पर्सामा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका, नारायणी अस्पताल अगाडि सडकमा चेकजाँचका क्रममा ना४९प ६८२४ नम्बरको मोटरसाइकलमा आएका वडा नं. १६ का ४५ वर्षीय अब्बास अलि र ना५७प ३०६ नम्बरको मोटरसाइकलमा आएका उनका छोरा २२ वर्षीय अस्ताक आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ४ हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः असोज १४, मंगलवार, १४:३७