काठमाडौँ: क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले बुधबार महिला च्याम्पियन्स लिग क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।

असोज २९ देखि कात्तिक सात गतेसम्म टियु क्रिकेट मैदानमा हुने महिला च्याम्पियन्स लिग क्रिकेटको उद्घाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, असोज ३० गते भने प्रतियोगितामा दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौंले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

तालिका


प्रकाशित मितिः असोज १५,बुधवार, १५:५६